काे बन्ला मोरङ ३ (१) मा काँग्रेसकाे उम्मेदवार ?

प्रदेश नं. १ का वन वातावरण तथा भू-संरक्षण मन्त्री एवम् मोरङ ३ (१) मा नेपाली काँग्रेका उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएसँगै काँग्रेस वृतमा नयाँ उम्मेदवारकाे खोजी हुन थालेको छ।

निर्वाचन आयोगले मतदानको मिति नसार्ने सूचना प्रकाशित गरेसँगै नेताहरू टिकट प्राप्तिको लविङमा लागेका छन्।

निवर्तमान सांसद एवम् पार्टीका महासमिति सदस्य सूयर्माराज राई पहिलो दाबेदार बनेका छन्। तर, शेखरचन्द्र थापाले टिकट पाएपछि चुनावी अभियानमा नदेखिएका राईलाई प्रदेश नं. १ कांग्रेस नेतृत्वले पत्याउने सम्भावना कम देखिएको छ।

अर्का दाबेदार पर्शुराम कार्की देखिएका छन्। कार्की पथरीशनिश्चरे– ९ का हुन्। अहिलेको चुनावी अभियानमा अग्रपंक्तिमा देखिएका कार्की प्रदेश नेतृत्वको रोजाइमा पर्न सक्ने अनुमान गरिएको छ।

उता नेविसंघ मोरङका पूर्व सभापति मानबहादुर लिम्बू पनि टिकटको दाबेदारभित्र परेका छन्। हाल महासमिति सदस्य रहेका लिम्बू पार्टीमा सधैं त्याग गर्ने नेता भित्र पर्छन।

बिहीबार नै मनोनयन गर्ने कार्यक्रम रहेकोले पार्टीले आज रातभरमा उम्मेदवार तय गरिसक्नेछ।

प्रकाशित मिति: : 2022-11-09 15:39:00

प्रतिकृया दिनुहोस्