निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ।
घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले जानकारी दिएका छन्।
मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए।