नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्।
अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
आमसभाका लागि ओली अहिले पोखरा जाँदैछन्।
शुुक्रबार दार्चुलाबाट सुरु भएको एमालेको चुनावी अभियन तिव्र रुपमा चलिरहेको छ।