तोसिमाको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन आयोगले सर्वोच्चमा निवेदन दिएको छ।

आयोगले विभिन्न पाँचवटा आधार लिएर रास्वपाको ललितपुर–३ की उम्मेद्वार कार्की ‘लाभको पदमा नै रहेको’ भन्दै सर्वोच्चमा निवेदन दिएको हो।

दुई दिनअघि गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘लाभको पद’को विषयलाई उपयुक्त व्याख्या गराउन आयोगले प्रयत्न गर्ने बताएका थिए।

प्रकाशित मिति: : 2022-11-04 17:10:00

प्रतिकृया दिनुहोस्