राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
बिहीबार एक कार्यक्रमबीच पार्टी सभापति रवि लामिछानेले घोषणापत्र (बाचा पत्र) सार्वजनिक गरेका हुन्।
साे पार्टीले कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्ति राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ। यस्तै राष्ट्रियसभाका अध्यक्षलाई उपराष्ट्रपति बनाउन सकिने प्रस्तावसमेत गरेकाे छ।