नाबालिका करणीको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस जारी छ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका छन्।
सन्दीपको बयान मगंलबार सकिएलगतै अदालतले बुधबारदेखि थुनछेक बहस सुरु गरेको हो। सन्दीपका पक्षबाट वकालत गरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरे अमेरिका गएपछि, अहिले सन्दीपका पक्षबाट लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारीले मुद्दा लडेका थिए।
थुनछेक बहस अझै जारी रहेको र अर्कोदिनका लागि राखिएको छ। लामिछानेविरुद्ध गत भदौ २१ गते बलात्कारको जाहेरी दर्ता भएको थियो।