नेकपा (एमाले)ले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।
उक्त घोषणापत्रमा आगामी ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पुर्याउने उल्लेख गरिएको छ।
‘गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै आगामी पाँँच वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पुर्याइनेछ। पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ।