विनोद ढकालको क्षेत्रमा एमालेले खोलेको समृद्धिको यात्रा

फाइल तस्विर
फाइल तस्विर

यतिखेर चुनावी प्रचार तीव्ररुपमा चलेको छ। एमालेले समृद्धिको नारालाई लिएर जनतामाझ गएको छ। अरु गठबन्धनहरु राजनीतिक मुद्धालाई प्राथमिकतामा राखिरहेका छन्। तर, मोरङ क्षेत्र नम्बर ४ बाट एमाले उम्मेदवार बनेका विनोद ढकाल भने जनजीविका र समृद्धिको नारा लिएर अघि बढिरहेका छन्। उनी भन्छन्, ‘हाम्रो मुख्य एजेण्डा समृद्धिको हो।’

यस क्षेत्रका सबै भाषा-भाषी र समुदायको समस्या राम्रोसँग बुझेका ढकाल पहिलो पटक निर्वाचित भएर संसदमा डेब्यू मार्ने तयारीमा छन्। हरेक टोलटोलमा जाँदा उनले भनेका छन्, ‘जनताका समस्या उठाउन सक्ने एमाले मात्रै हो।’

हुन त त्यस क्षेत्रमा नेकपा एमालेले एकपटक पनि जितेको छैन्। एमालेले त्यहाँ नजिते पनि पुष्पलाल चाेक, घिनाघाट, झोराहाट, नेता चाेक, हरैँचा हुँदै विराटचौकसम्म पुग्ने सडकको कायापलट एमालेको नेतृत्वमा बनेको प्रदेश सरकारले गरेपछि त्यस क्षेत्रका जनतामा एमालेप्रति विश्वास पनि जागेको छ।

त्यस क्षेत्रका बासिन्दा किशोर चौधरी यसपटक एमालेले यो क्षेत्रमा गरेको यो विकास नै निर्वाचन जित्ने आधार बनेको बताउँछन्। करिब दुई अर्ब लगानीमा कोरोना महामारीकाबीच लगभग सडक निर्माण भएको छ। नेकपा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राईले शिलान्यास गरेको यो सडक प्रदेश सरकारको गौरवको आयोजना हो।

यसले विराटनगरलाई जोड्ने मात्र होइन् विराटनगर आउनका लागि एक नम्बर प्रदेशका बासिन्दाहरुलाई सजिलो पनि बनाएको छ। भने, ४ नम्बर क्षेत्रको जनजीवन र आर्थिक स्तरलाई समेत सुधार गरेको छ।

एमालेका नेता सागर थापा भन्छन्,‘यस पटक ढकालले जितेपछि यस क्षेत्रका जनता र एमालेको समृद्धिको यात्रा सँगसँगै बढ्छ, किनकी यस क्षेत्रमा एमालेले समृद्धिको यात्रा विशाल सडक बनाएर खोलिसकेको छ।’

प्रकाशित मिति: : 2022-10-31 09:45:00

प्रतिकृया दिनुहोस्