राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर-३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ।
उनको सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गरेको हो।
नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शल्य चिकित्सक हुन्।