राष्ट्रिय स्वतन्त्र पार्टीकाे सिन्धुपाल्चाेक प्रशिक्षण कार्यक्रम सम्पन्न

बिएल संवाददाता

सिन्धुपाल्चोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशले सिन्धुपाल्चाेकमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमम सम्पन्न गरेकाे छ। रास्वपले पार्टीका उम्मेदवार तथा नेता/कार्यकर्ताकाे सहभागीतमा शनिबार बिहान प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे।

राष्ट्रिय स्वतन्त्र पार्टी  सिन्धुपाल्चोक क्षेत्र न. १ का उम्मेदवार दिनेश श्रेष्ठ र क्षेत्र न.२ का उम्मेदवार माया गुरुङको उपस्थिति रहेको कार्यक्रममा प्रशिक्षक बागमती प्रदेश सभापति दीपक विश्वकर्मा तथा बागमती प्रदेश प्रवक्ता उत्सब अर्यालले चुनाव लक्षित प्रशिक्षण दिनुका साथै नेता र उम्मेदवारसँग अन्तरक्रिया र सुभकामना आदानप्रदान गरिएकाे थियाे।

कार्यक्रममा आफ्ना मतदाताहरूसँग प्रतिनिधि सभा उम्मेदवार श्रेष्ठ र गुरुङ अन्तरक्रिया गर्नुका साथै प्रवक्ता अर्याल र सभापति विश्वकर्माले उपस्थिति नेतालाई मत परिवर्तन काे लागि जनतामा जान आह्वान गरे।

प्रकाशित मिति: : 2022-10-29 11:37:00

प्रतिकृया दिनुहोस्