रविमान सिंह बस्न्यात
यो तखत, यो किल्ला चढेथे
भित्रभित्रै डढेका कार्तुस भरेथे
मनको अगेनी लाभासँग खेल्दै
मस्तिष्कमा बारुद मेघझैँ झरेथे
बाटैभरि फौजी लगाम कसेथे
आरम्भमै योजना झट्टै सच्चिन्थे
जवानी निचोरेर घुम्दै लक्ष्यमा
जितका रङ्ग खड्गले रोपिन्थे
भिरमा कम्पन धामीझैँ जागेथे
विजयको निसान र छाप लागेथे
मनन! आमाका ती दिव्य वाणी
नि:सङ्कोच पाउ सिमाना नाघेथे
फिरङ्गीले चौतर्फीबाट चेपेथे
भूमण्डलमा भयङ्कर द्वन्द्व खेपेथे
अप्रत्याशित ठाउँ धावा बोल्दै
चन्द्र-सूर्य झण्डा चुट्टीमै ठोकेथे
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया