हाम्राे नेपाली पार्टीअन्तर्गतकाे लाैराे अभियानले आगामी निर्वाचनकाे लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ। अभियानले राष्ट्रिय, अन्तर्राष्ट्रिय याेजनासहित आफ्नाे प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे हाे।
पत्रमा दीर्घकालीन निकाससहितको दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अगाडि बढ्नेदेखि नेपालालाई विश्वमा हरियाे स्वर्गकाे रूपमा चिनेउनेसम्मका प्रतिबद्धता गरिएकाे छ।
त्यस्तै प्रतिबद्धता पत्रमा नीतिगत अवधारणाका रूपमा शिक्षा स्वास्थ्यलाई नि:शुल्क गरिने, प्रदेश सरकार खारेज गरिने, भ्रष्टाचारीलाई जन्मकैद दिने व्यवस्था गरिने, बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउनेलगायत उल्लेख गरिएकाे छ।
हेर्नुहाेस् यस्ताे छ, प्रतिबद्धता पत्र :