
ईश्वरी राई (इशु)
ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालले तिहारलाई लक्षित गरेर १५औँ गोदावरी पुष्प मेला सुरू गरेको छ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका फ्लोरिकल्चरले कात्तिक ३ अर्थात् हिजोदेखि सुरु गरेको हो।
तीन दिनसम्म रहने उक्त मेलामा करिब ५० वटा स्टलहरु राखिएका छन्। जसको प्रदर्शनी हालसम्म चलिरहेको छ। उहीँ फूलहरुको प्रदर्शनीमा थिए, ललितपुरका दिनेश प्रसाईं। जो आफूले रोपेर हुर्काएका फूलहरुलाई सुमसुम्याउँदै पानी दिइरहेका थिए।
फूलहरूकाे हेरचाहमा लागिरहेका उनी बीउबाट बोट बनाउँदा बिरुवासँग छुट्टै नाता गाँसिने बताउँछन्। त्यसैले त उनी आफूलाई भन्दा धेरै फूलहरुलाई स्याहार्ने गरेकाे सुनाउँछन्।
‘मैले मेरा फूलहरुलाई छोराछोरी जसरी नै हुर्काएको छु, त्यसैले मलाई फूलहरुको माया लाग्छ’ आफूले सजाएका फूलहरुलाई देखाउँदै उनले भने, ‘यहीँ फूलहरुको कारण त मैले मेरो परिवारलाई पालिरहेको छु।’
उनले ‘पेल्टस नर्सरी’ सुरु गरेको वर्षदिन भयाे, तर पनि यसको माग भने जताततै फैलिरहेको छ। ‘यो नर्सरी अर्न्तराष्ट्रिय हो नर्सरी हाे, यहाँ स्वदेशी मात्र होइन विदेशी फूलहरु पनि बेचिन्छ’ उनले भने, ‘हामी फूलहरु आर्यात निर्यात गर्छौँ।’
आफूहरुले रोपेका फूलहरु साउदी, कतार, दुबई र थाइल्याण्ड जाने बताउँदै उनी भन्छन्, ‘यी ठाउँबाट हामी फूल ल्याएर बेच्छाैँ।’
आफ्नो नर्सरी अर्न्तराष्ट्रिय भएको करण आफूकहाँ नेपालभरमै नपाइने बिरुवा पाइने उनी दाबी गर्छन्।
‘अहिले हामीसँग त्यस्ता फूलहरु छन्, जुन फूल यहाँ कुनै पनि नर्सरीमा पाइदैँन’ आफूले प्रदर्शनीमा राखेका बाेटबिरूवा देखाउँदै उनले भने, ‘मकहाँ विचित्रका विरूवा पाइन्छ।’
कसरी सुरु भयो ‘पेल्टस नर्सरी’
दिनेश प्रसाइको आफ्नै पुरानो ‘गोदावरी नर्सरी’ छ। फूलहरुसँग लगाव भएकै कारण नर्सरी खोलेको उनी बताउँछन्। उनी भन्छन्, ‘सुरुमा त नर्सरी सम्बन्धी तालिम लिएँ, त्यसपछि आफ्नै नर्सरी खोलेँ।’
नर्सरी सम्बन्धी तालिम लिएर उनले गरेकाे गोदावरी नर्सरी वर्षदिनमै फस्टाउन थाल्यो। जसकारण उनी नर्सरी पेशामा आवद्ध भएकाहरुका लागि परिचित बने।
२०७८ सालमा उनी आफ्नै नर्सरीमा रमाइरहेका थिए, एकदिन उनकाे नर्सरीमा कतारका ‘पेटल्स’ नाम गरेका विदेशी आइपुगे। अनि दिनेशले खडा गरेको नर्सरीबारे प्रसशंसा गर्दै आफू पनि त्यसैमा आवद्ध हुने जिज्ञासा सुनाए।
सुरुमा त दिनेशले उनको कुरालाई वेवास्ता गरे, तर नर्सरीलाई अर्न्तराष्ट्रिय नर्सरी बनाउने भनेपछि उनले पनि सहमति देखाए। अनि सुरु गरे, ‘पेल्टस नर्सरी’।
अहिले दिनेश पेल्टस नर्सरीका मालिक नै भइसकेका छन्, त्यसैले उनी नेपालमै विदेशी फूल फुलाउन चाहन्छन्, त्यसका लागि उनले हेटौंडामा दुई सय रोपनी जग्गा पनि लिइसकेका छन्। जहाँ उनले विदेशी बिरूवा ‘सिल्भर डलर’ राेपेका छन्। जसकाे मूल्य नै ३० हजारसम्म पर्छ।
‘सिल्भर डलर’ कस्तो बिरुवा हो?
दिनेशकाे नर्सरीमा २५ रूपैयाँदेखि ३० हजार मूल्य पर्ने बिरूवा छ। जसकाे मध्येकाे महँगाे नै ‘सिल्भर डलर’ हाे। याे एक विदेशी बिरुवा हो। जसको माग नेपालमा भन्दा पनि धेरै विदेशमा हुन्छ।
यसको मूल्य महँगो भएतापनि विशेषता भने छुट्टै छ। यो बिरुवा अरुभन्दा फरक छ, किनकी यो बिरुवाबाट मिठो बास्ना आउँछ। जसले जाे काेहीलाई पनि आकर्षित बनाउँछ।
‘यो बिरुवामा फूल फुल्दैन पात हुन्छ तर यो आकर्षित हुन्छ। यसको विशेषता भनेकै पातबाट बास्ना आउनु हो’ उनले भने, ‘यो पात सुकिसकेपछि झनै मिठो बास्ना आउँछ। यसकाे सामु त अगरबत्तीकाे बास्ना नै फिक्का पर्छ। ’
आफूहरुले बेचिरहेको ‘सिल्भर डलर’ लाई नेपालीले नकिनेपनि विदेशीले किन्ने गरेकाे उनी बताउँछन्, ‘हामी नेपालीहरु महँगोमा विदेशी रक्सीहरु किनेर पिउँछौँ तर बास्ना आउने चिजहरुलाई वेवास्ता गछौँ।’
नर्सरीबाट कत्ति हुन्छ आम्दानी?
नेपालमा नर्सरी व्यवसायलाई ध्यान दिए राम्रैसँग फस्टाउन सक्ने बताउने उनी सरकारले याे व्यवसायमा कुनै चासाे नदेखाएकाे बताउँछन्।
‘काम गर्न सके यो व्यवसायबाट राम्रै आम्दानी हुन्छ तर यसबार सरकारलाई कुनै चासो नै छैन’ उनी भन्छन्, ‘यदी यो काममा पसिना बगाउने हो भने युवाहरु विदेश पलायन हुनै पर्दैन।’
साढे दुई दशकअघि शून्य स्तरबाट नर्सरी सुरुवात गरेका उनी अहिले वर्षकै करोडौं रुपैयाँ कमाउँछन्। उनी भन्छन्, ‘मेहनत गरे मिठै फल प्राप्त हुन्छ।’
नेपालबाट नर्सरी व्यवसाय सुरु गरेर विदेशसम्म पुर्याएका दिनेशकाे अब एउटै उदेश्य छ–त्याे हाे, नेपालमै विदेशी बाेटबिरूवा राेप्नु अनि त्यसलाई बजारसम्म पुर्याउनु। अहिले उनी नर्सरी बनाउने तयारीमा जुटिरहेका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया