माधव नेपाललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई आयोगले बिहीबार स्पष्टीकरण सोधेको हाे।

रौतहट–१ बाट उम्मेदवारी दिएका अध्यक्ष नेपालविरूद्ध मतदाताहरुलाई झुटो आश्वासन दिएको भन्दै उजुरी परेकाे थियाे। उजुरीपछि आयोगले स्पष्टीकरण सोधेको हो।

नेपालले रौतहटमा आयोजित एक चुनावी कार्यक्रममा आफू निर्वाचित भएपछि वैदेशिक रोजगारीमा जान चाहनेलाई फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने भन्दै अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: : 2022-10-20 14:46:00

प्रतिकृया दिनुहोस्