काठमाडौंबासीकाे समस्या र गुनासो सुन्दै किरण पौडेल

नेकपा एमाले नेता एवं काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण पौडेल अहिले जनताको घर दैलोमा पुगेर संवाद गर्नमा व्यस्त छन्।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार बनेका पौडेल जनताको घरदैलोमा पुग्ने र उनीहरूको समस्या तथा गुनासो सुन्ने गरेका छन्।

स्थानीको घर-घरमा पुगेका पौडेललाई काठमाडौंबासीले मनदेखि स्वागत गरेका छन्। उनीसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन्। एमालेभित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित पौडेल भिजन भएको नेताको रुपमा पनि चिनिन्छन्।

विकासमा स्पष्ट धारण भएका पाैडेल नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघका अध्यक्ष पनि हुन्। शिक्षा, स्वास्थ्य, उद्योग, कलकारखाना, रोजगार ग्यारेन्टीसहितको शिक्षा उनको मुख्य एजेन्डा रहेको छ।

प्रकाशित मिति: : 2022-10-19 16:36:00

प्रतिकृया दिनुहोस्