नेकपा (एमाले)काे तर्फबाट जुम्लाकाे प्रतिनिध सभा सदस्यका उम्मेदवार रतननाथ याेगीले जुम्लामा आफ्नाे जित निश्चित भएकाे बताएका छन्।
बुधबार बिहान चुनावी अभियानका क्रममा भेटिएका याेगीले बिएल नेपाली सेवासँग भने,‘उम्मेदवार भनेर गाउँ–गाउँमा जाँदा हामीले जनताकाे माया पाएका छाैँ। जनताहरू एमालेका उम्मेदवारलाई जिताउन चाहन्छन्। गठबन्धनका उम्मेदवारहरू गाउँ आएर कार्यकर्ताहरूलाई थम्थमाउनै ठिक्क भइरहेकाे बेला गठबन्धका उम्मेदवारबाट जनता सन्तुष्ट छैनन्।’
नेपालमा केही गर्न सक्ने पार्टी एमालेबाहेक अरू काेही नभएकाे समेत उनले दाबी गरे। जनताले पनि एमालेकाे सरकार बनेकाे हेर्न चाहना व्यक्त गरेकाे उनकाे भनाइ छ।
‘जुम्लाका जनता एमालेका उम्मेदवारलाई जिताउन तम्तयार भएकाे देखिन्छन्,’ याेगीले भने,‘जुम्लामा एमालेले जित्ने निश्चित छ। गठबन्धन वा अरूले चुनाव जित्ने अवस्था छैन।’