शरद–रोशनी हत्याकाण्ड : २४ घण्टा बित्दासमेत प्रहरी ‘क्लुलेस’  

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र दमार गाउँ मामा घरमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्य मृत भेटिको २४ घण्टा बितेको छ। 

उनीहरुको घरबाट हराएको चार दिनपछि दमार गाउँकै जंगलमा आइतबार दिउँसो एउटै खाडलमा हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको थियो। शव फेला परेको २४ घण्टा वित्दासमेत प्रहरी घटनाका विषयमा खास क्लु (तथ्य) भेटाउन सकेको छैन। 

अहिलेसम्म एक जना टिप्पर ड्राइभरलाई पक्राउ गरेको र उनको बयानका आधारमा अन्यमाथि सोधपुछ गर्दै छाड्दै गरेको छ। घटनाका विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतम पनि खटिएका छन्। 

दाङमा खाडलमा पुरिएको अबस्थामा किशोरकिशोरी शव फेला

उनले घटनाका विषयम खास क्लु भेटाइन नसकेको बताए। 'घटना कसरी हुन पुग्यो भन्ने विषयमा अझै अन्योल रहेको छ। सार्वजनिक गर्ने कुनै तथ्य फेला पार्न सकिएको छैन' उनले भने । 

शरद–रोशनी हराएको २७ गते राती टिप्पर ड्राइभरले शरदकी हजुरआमालाई फोन गरेको र सोहीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी अधिकारी बताउँछन्। 

त्यसबाहेक घटनाका विषयम थप तथ्य भेटाउन प्रहरीले सकेको छैन। 

शरद–रोशनी दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालय अम्बापुरमा कक्षा ९ मा पढ्दै आएका थिए। किशोरीको आमाबुवा कामको सिलसिलामा भारतमा बस्दै आएका छन्। किशोर सानै उम्मेरदेखि मामाघरमा बस्दै आएका थिए।

किशोर–किशोरीको शव फेला प्रकरणः ‘मध्येरातमा जंगलबाट आएको थियो, बचाऊ–बचाउको अवाज’

यसैबीच एउटै खाडलमा हत्या गरेर गाडेको अवस्थामा फेला परेका शरद रोशनीका आफन्तले उनीहरुको पोष्टमार्टम गर्न दिएका छैनन्। अहिले दुबै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। 

दोषि पत्ता नलागेसम्म शवको पोष्टमार्ट गर्न नदिने र आफूहरुले शव नबुझ्ने रोशनीका अंकल टेकराज महतराले बताए। उनले हत्यारालाई छिटो पत्ता लगाउन प्रहरी प्रशासननलाई आग्रह गरे।

प्रकाशित मिति: : 2022-10-17 18:19:00

प्रतिकृया दिनुहोस्