राष्ट्रिय जनमाेर्चा काठमाडौंले १ सय १ निर्वाचन प्रसार-प्रचार समित गठन गरेकाे छ।
राष्ट्रिय जनमाेर्चा काठमाडौं जिल्ला समितिकाे भेलाले पार्टी कार्यालय बागबजारमा १ सय १ प्रचार-प्रसार समिति गठन गरेकाे हाे।
नेकपा मसाल काठमाडौं जिल्ला प्रवक्ता जगत रेग्मीका अनुसार ४ मंसिरमा हुने आम निर्वाचनमा पार्टीका लागि काठमाडौं उपत्यकाभर घरदैलोमार्फत समानुपातिक मत राष्ट्रिय जनमाेर्चालाई माग्ने निर्णयसमेत भएकाे बताए।
प्रवक्ता रेग्मीले राष्ट्रिय जनमाेर्चा देशमा भएका व्यतिथि भ्रष्टाचार अन्तयका लागि लड्ने पाटी भएकाे चर्चा गरे। देशमा राष्ट्रिय जनमाेर्चाले एमसीसी र नागरिकता विधेककाे पक्षमा खुलेरै विराेध गर्ने पार्टी भएकै कारण राष्ट्रिय जनमाेर्चालाई आम जनताले विश्वास गरेर गिलास चिन्हमा मतदान गरी विजयी बनाउने विश्वास व्यक्त गरे।
बैठकले काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासेकाे सयाेजकत्वमा ९ सदस्यीय परिचालन कमिटीसमेत गठन गरेकाे छ। परिचालन कमिटी अन्तर्गत वेलवासेकाे संयाेजकत्वमा राजमाे युवा नेता राेसन दानी, राजेन्द्र शर्मा, छिवी खनाल, रमेश पाैडेल, ऋतु केसी, लक्ष्मी केसी, पदम राेक्का, समीर सिंह छन्।
कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुन, नेकपा मसाल बागमती प्रदेशका प्रवक्ता समीर सिंह, नेकपा मसाल काठमाडौं जिल्ला प्रवक्ता जगत रेग्मी लगायतको उपस्थिति रहेकाे थियाे।