मुगुबाट प्रतिनिधि सभा सदस्यकाे लागि उम्मेदवारी दिएका नेकपा (एमाले) नेता राजु कार्की चुनावी अभियान लिएर गृह जिल्ला आएका छन्। कामकाे सिलसिलामा काठमाडाैँमा रहेका कार्की उम्मेदवारी दर्तासँगै बिहीबार मुगु फर्किएका हुन्।
खराब माैसमका कारण गृह जिल्ला फर्किन नसकेपछि काठमाडाैँबाट उम्मेदवारी दर्ता गराएका नेता कार्की विभिन्न नेता/कार्यकर्तासहित गाउँ फर्किएका हुन्। अब मुगुका बिभिन्न गाउँ–गाउँमा पुगेर जनताका दुख तथा समस्याहरू बुझ्ने र चुनाव प्रचार गर्ने कार्यक्रम रहेकाे उनले बताए।
व्यवसायमा समेत संलग्न कार्की कामकाे सिलसिलामा राजधानीलगातयका क्षेत्रका रहे पनि जिल्लाकाे विकासकाे लागि अग्रस्थानमा रहेर महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।