आसन्न मंंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन्।
गठनबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उदयपुर प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्याय र प्रदेश सभा २ (ख) का उम्मेदवार हेमराज दाहालले उम्मेदवारी फिर्ता लिएका हुन्।
प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्यायले नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएका छन् । यता हेमराज दाहालले गठबन्धनका रामकुमार खत्रीलाई समर्थन गर्दै आफनो उम्मेदवारी फिर्ता लिएका छन्।