बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन

File photo
File photo

सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन्।

सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो।

निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ। 

प्रकाशित मिति: : 2022-10-11 16:58:00

प्रतिकृया दिनुहोस्