प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन्।
असोज २० मा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो।
अदालतमा उपस्थित लामिछानेले न्यायाधीशले सोधेको प्रश्नमा, उनले मलाई विषेश कारणले १ वर्ष जन्मदर्ता घटाएको बताएकी थिइन्,’ सन्दीपको जवाफ उद्धृत गर्दै अधिवक्ता सुधा रिजालले बताइन्।
सन्दीपका वकिलहरूले पीडित भनिएकी युवतीको २ वटा जन्मदर्ता भेटिएको र पछिल्लो जन्मदर्तामा उनले उमेर घटाएको देखिएको बताएका छन्।
‘पीडितले आफ्नो जन्मदर्तामा उमेर घटाएको प्रमाण हामीसँग छ । हामीले त्यो अदालतमा पेश गर्नेछौं,’ अधिवक्ता सुधा रिजालले भनिन्।