पर्यटनमन्त्री श्रेष्ठले गराए उम्मेदवारी दर्ता 

नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन्। 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। 

उनी विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।   

प्रकाशित मिति: : 2022-10-09 18:43:00

प्रतिकृया दिनुहोस्