रुकुम (पूर्व)मा माओवादीका पूर्ण घर्तीले गरे मनाेनयन दर्ता

बिएल संवाददाता

रूकुम (पूर्व)
फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)का नेता तथा लुम्बिनी प्रदेश पूर्व सभामुख पूर्णबहादुर घर्तीले प्रतिनिधि सभा सदस्यका लागि रुकुम (पूर्व)बाट मनाेनयन दर्ता गरेका छन्।

घर्तीले आइतबार रूकुमकाेटस्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यलय पुगेर सत्ता गठबन्धकाे साझा उम्मेदवारकाे रूपमा मनाेनयन दर्ता गरेका हुन्।

त्यस्तै प्रदेश सभा (क)बाट माओवादीकै तेजबहादुर ओली र प्रदेश सभा (ख)बाट काँग्रेसका धनबहादुर केसीले मनाेनयन दर्ता गरेका छन्।

प्रकाशित मिति: : 2022-10-09 18:15:00

प्रतिकृया दिनुहोस्