माओवादी केन्द्रका पाेलिट्ब्यूराे सदस्य तथा राेल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुन 'सिजल'ले राेल्पा (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा माओवादी उपमहासचिव वर्षमान पुन 'अनन्त'ले टिकट खाेसेपछि नेता सिजलले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
नेपाली कांग्रेस र माओवादी केन्द्रकाे आन्तरिक विवाद थप चुलिँदै जाँदा राेल्पा जिल्लामा सत्ता गठबन्धन भत्किएको वर्षमाननिकट एक नेताले बताएका छन्।
वाम–लाेकतान्त्रिक गठबन्धनबाट कांग्रेसका लुम्बिनी प्रदेश सभापति प्रदेशसभा (ख) मा उम्मेदवार बनेका छन्। माओवादी नेता–कार्यकर्ताहरूले गठबन्धनको निर्णयविपरीत सिजललाई उम्मेदवार उठाउने निर्णय गरेका छन्।
गठबन्धन हुँदा प्रतिनिधिसभाको टिकट माओवादी केन्द्रका उपमहासचिव पुनले पाएका छन् भने प्रदेशसभामा (क) माओवादीकै जाेखबहादुर महरा र (ख) मा कांग्रेसका पुनले टिकट पाएका छन्।