बिएल संवाददाता
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अन्ततः रोल्पा (ख) बाट टिकट पाएका छन्।
कांग्रेस–माओवादीबीच चुनावी तालमेलको सहमति भएपछि उनी प्रदेशसभा सदस्य उम्मेदवारका लागि पक्का भएका हुन्।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र सभापति अमरसिंह पुनबीच रोल्पाको एउटा प्रतिनिधिसभा र प्रदेश (क) माओवादी तथा प्रदेश (ख) कांग्रेसले पाउने सहमति भएको छ।
वाम–लोकतान्त्रिक गठबन्धनको मर्मअनुरुप माओवादी प्रभावक्षेत्र मानिएको रोल्पामा चुनावी तालमेल गरिएको नेताहरूले बताएका छन्।
माओवादीभित्र व्यापक विरोध हुँदैहुँदै कांग्रेस नेता पुनले रोल्पा (ख) मा सानदार ‘इन्ट्री’ गरेका छन्। रोल्पाको एउटा प्रदेशसभामा कांग्रेसको अडान र माओवादीको लचकतालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सभापति पुनले टिकट पाएलगतै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फाेनमार्फत् बधाई तथा शुभकामना दिएका छन्।
पुननिकट एक नेताकाअनुसार प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई प्रभावकारी रुपमाअघि बढाउन आग्रह गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया