मोरङ क्षेत्र नम्बर–६ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शेखर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार दिउँसो कोइरालासहित प्रदेशसभा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रदेश सभा (क) मा माओवादीका जीवन आचार्य र (ख) मा कांग्रेसका केदार कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
मोरङ–६ का सबै क्षेत्रमा नेकपा एमालेले यसअघिनै उम्मेदवारी दर्ता गराइसकेको छ। एमालेबाट प्रतिनिधिसभामा लालबाबु पण्डित, प्रदेश (क) मा रिता न्यौपाने र (ख) मा पर्शुराम बस्नेतले उम्मेदवार दर्ता गराएका छन्।