मोरङ–१ मा एमालेका घनश्याम खतिवडाले गराए उम्मेदवारी दर्ता 

मोरङ क्षेत्र नम्बर–१ मा एमालेका घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्।

उर्लाबारीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गराएका हुन्। 

एमालेका प्रदेश कमिटी सदस्य रहेका खतिवडा सोही क्षेत्रका सांसद हुन्। यस्तै प्रदेश सभा (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: : 2022-10-09 15:00:00

प्रतिकृया दिनुहोस्