सोमबार, १५ डिसेम्बर २०२५

मनोनयन दर्ताअघि रवीन्द्र मिश्रले गरे शक्तिपीठको पूजाआजा र दर्शन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवार बनेका रवीन्द्र मिश्रले मनोनयन दर्ताअघि शक्तिपीठको पूजाआजा र दर्शन गरेका छन्।

उनले उम्मदेवारी दर्ता अघि डिल्लीबजारस्थित कालिकास्थान पुगेर पूजा गरेका हुन्।

आजै दिउँसो बिजुलीबजारस्थित पार्टी कार्यालयबाट वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूलै समूहको साथ लिएर उम्मेदवारी मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको बताइएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!