राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। उनले आइतबार झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चार वटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ।