नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही– ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्।
महामन्त्री थापा यसअघि काठमाडौं– ४ बाट चुनाव लड्दै आएका थिए। पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं– ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही– ४ बाट चुनाव लड्ने भएका हुन्।