जुम्लाबाट संघमा गठबन्धनका उम्मेदवार मनऋषि धिताल

जुम्लाबाट गठबन्धनका उम्मेदवार मनऋषि धिताल सिफारिस भएका छन्।

गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले पाउने भएपछि अन्तिम समयमा उनले टिकट पाएकाे पार्टी स्राेतले जनाएकाे छ।

काँग्रेस, माओवादी र समाजवादी पार्टीको संगठनिक उपस्थिति बलियाे भएकाे जुम्लाबाट धिताल उम्मेदवार बन्ने भएका छन्।

चर्चित पत्रिका जनादेश साप्ताहिकका तत्कालीन सम्पादक कृष्णसेन इच्छुकलाई सेनाले बेपत्ता पारेपछि धिताल सम्पादक भएका थिए। युद्धमा माओवादीकाे विभिन्न माेर्चामा सक्रिय उनी सालिन नेतामा गनिन्छन्।

सिंजा गाउँपालिका- ३ धितालिहीमा जन्मेका उनी लामाे समय जनयुद्धमा सरिक थिए।

प्रकाशित मिति: : 2022-10-08 15:21:00

प्रतिकृया दिनुहोस्