नेकपा (एमाले) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेलकाे सहमति जुटेकाे छ। जसपाले प्रतिनिधि सभामा १७ सिटमा सहमति जनाएको हाे।
दुवै दलबीच तालमेल भएका ठाउँमा एकले अर्कोलाई सघाउने र बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्ने भद्र सहमति भएको एमाले प्रचार विभाग सचिव गगन बिष्टले बिएल नेपाली सेवालाई जानकारी दिए।
त्यस्तै प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ।
जसपाले सत्तारूढ पाँच दलीय गठबन्धनमा माग गरेअनुसार सिट नपाएपछि शुक्रबार गठबन्धन ताेडेकाे थियाे।