प्रचण्डविरुद्ध गोरखा–२ बाट कांग्रेस नेत्री माधवी भट्टको उम्मेदवारी घाेषणा

चितवन ३ छाडेर गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कांग्रेस नेत्री माधवी भट्ट पराजुलीले उम्मेदवारी घाेषणा गरेकी छिन्।

कांग्रेसबाट चुनाव लड्ने तयारी गरिरहेकी भट्टले गठबन्धनबाट प्रचण्ड उम्मेदवार बनेपछि कांग्रेसको मतमाथि रजाइँ गर्न नदिने भन्दै प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

दाहालले कांग्रेसको जनमतमाथि पटक पटक खेलवाड गरेकाले त्यसका विरुद्ध आफू उठ्न लागेको भट्टको भनाइ छ। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। 

माधवी भट्ट पराजुली –

प्रचण्ड विरुद्द मेरो उम्मेदवारी
गोर्खाले मलाइ न्याय गर्नेछ।
गोर्खा क्षेत्र नं २ वाट प्रचण्ड विरुद्ध उम्मेदवारी दिने निर्णय गरेको छु। जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषय मुख्य मुद्दा बनाउनेछु। गोर्खा क्षेत्र नं २ मेरो जन्मस्थान मात्र होइन। त्यहाँको नेपाली काँग्रेस पार्टी निर्माण गर्न मेरो स्वर्गीय पिताजी रोहिणी भट्टको २००४ सालदेखिको त्याग तपस्या र बलिदानी छ।

प्रकाशित मिति: : 2022-10-08 08:12:00

प्रतिकृया दिनुहोस्