सत्तारुढ गठबन्धनकाे बैठकबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेको छ। सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट लाेसपाका नेताहरू सहभागी छन्।
बालुवाटार स्रोतकाअनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो।
बैठकमा लाेसपाबाट शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनलकाे सहभागी छन्।