बालकोटमा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दैछ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए। बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ।

गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने ज्ञवालीले बताए।

प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ।

प्रकाशित मिति: : 2022-09-29 10:59:00

प्रतिकृया दिनुहोस्