बंगलादेशविरुद्ध नेपाल ३–१ ले विजयी

अञ्जन विष्टको ह्याट्रिक प्रेरित बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–१ गोलको नतिजामा विजयी भएको छ।

खेलको १८औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। विमल घर्ती मगरले राइट फ्ल्याङकबाट हानेको फ्रिकिकलाई हेडरमार्फत अञ्जनले  गोल गरेका थिए।

यस्तै उनले दोस्रो गोल २७औं मिनेटमा गरेका थिए भने खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे।

प्रकाशित मिति: : 2022-09-27 19:43:00

प्रतिकृया दिनुहोस्