आज नागाल्याण्ड प्रगतिपथमा लम्किरहेकाे छ। आधुनिकताको संसारलाई पछ्याइरहेछ। यसै कारण यस राज्यका नागा युवक–युवतीहरूको सोचाइ आफ्ना पूर्वजभन्दा भिन्न भइसकेको छ र नै यहाँका युवतीहरूले मोडलिङमा प्रवेश गरिसकेका छन्।
सुन्दरी प्रतियोगिताका लागि भारतलाई विश्वमा प्रतिनिधित्व पनि गरिसकेका छन्। तर जतिबेला सुवास घिसिंगले भारतीय गोर्खा राइफल्समा सिपाही छँदा अनि सन् १९६० को दशकमा नागाल्याण्ड... पूरा स्टाेरी
गोर्खा अर्थात् नेपालीलाई रक्सी पिउनु भनेर घच्घचाउनु पर्दैन। तर पढ्नु भनेर चाहीँ घच्घचाउनुपर्छ। उल्लेखित सचित्र कथा 'नालापानी' अनि उपन्यास 'टिस्टादेखि सतलजसम्म'को प्रसंग हो।
मैले धेरैपल्ट भनेकाे छु– सचित्र कथा 'नालपानी' भारतीय नेपाली साहित्यको पहिलो सचित्र कथा हो। याे मैले नै सम्पादन गरेको हुँ। नालापानीलाई लिएर गोर्खाहरू हुंकार गर्छन्– हामी त्यसै भारतमा आएका होइनौँ। टिस्टादेखि सतलजसम्मको माटो सँगसँगै आएका हौँ।
सन् १८१४–१६ को नेपाल–अङ्ग्रेज युद्धले गर्दा सन् १८१६ मा सुगौली सन्धि भएपछि नेपालले टिस्टादेखि सतलजसम्मको आफ्नो माटो तत्कालीन इष्ट इण्डिया कम्पनीको हातमा पुगेको थियो। यो तथ्यपरक इतिहास हो।
नेपाल–अङ्ग्रेज युद्धको परिणति हो– गोर्खा पल्टन खोलिनु। गोर्खा पल्टनले गर्दा नेपाली ठिटाहरू 'गोर्खा' भनेर विश्वप्रसिद्ध भए। जो आधा गोर्खा आज भारतमा छन्। जसले गोर्खा भएर 'गोर्खाल्याण्ड' माग्छन्। माग्नुकाे औचित्य छ, कारण टिस्टादेखि सतलजसम्मको माटो यता परेर यो माटो स्वदेशी हुन्छ भने, यताका गोर्खा पनि विदेशी नभएर स्वदेशी हुन्।
नेपाल–अङ्ग्रेज युद्ध हुँदा देहरादूनको नालापानीस्थित खलंगा किल्लामा भएका गोर्खाली सैनिकहरूले इष्ट इण्डियाका सैनिकसँग युद्ध गर्नुपरेको थियो। गोर्खाली सैनिकको नेतृत्व वीर बलभद्र कुँवरले गरेका थिए।
नालापानीको युद्धको चित्रसहितको युद्ध कथाको सम्पादन यो लेखकले गरेको हो, जो थालनीमा लेखिदिएकाे छु। सम्पादन १९८८ मा गरेको थिएँ।
सम्झना रहोस्– उपन्यास टिस्टादेखि सतलजसम्मको थालनी खलंगा किल्लाको युद्धबाट थालिएको हाे। थालनीकै युद्धको वर्णन मैले टपक्क टिपेर सचित्र कथा नालापानीको सम्पादकीयमा हालिदिएको हुँ।
यो भन्दा अगावै मैले सन् १९८३ मा उपन्यास टिस्टादेखि सतलजसम्म लेखिसकेको अनि सन् १९८६ मा प्रकाशित भएको थियो।
उपन्यास लेखिँदा गोर्खाल्याण्डको जन्म भएको थिएन। उपन्यासमा गोर्खाल्याण्ड शब्द कतै ढिम्किएको छैन। नेपाली/गोर्खा विवाद पनि थिएन। मैले भारतीय नेपालीका लागि आफ्नो माटो चाहिन्छ भनेर उपन्यास टिस्टादेखि सतलजसम्ममा वर्णन गरिदिएको हुँ।
गत १७ जुनमा यहाँका गोर्खाहरूलाई 'नालापानी' र उपन्यास 'टिस्टादेखि सतलजसम्म'बारे जानकारी दिएकाे थिए। तर कसैले चासाे लिएनन्। गोर्खाहरूलाई रक्सी पिउनु भन्नुपर्दैन। तर पढ् भनेर कर लाउनुपर्छ। रक्सी पिउँछन् भनेर म सबैलाई भन्दिनँ। एकाध पढ्नेहरू पनि छन्।
समय-समयमा गोर्खा फौजको निकै चर्चा सुनिन्छ। पछिल्लो पुस्तालाई गोर्खाको गर्वलाग्दो इतिहासबारे मसिनो जानकारी होस् भन्ने मनसायले यो आलेख तयार पारिएको छ। बिएल नेपाली सेवामा यसअघि पनि युद्व अनुभव र गोर्खासँग सम्बन्धित थ्रुपै आलेखहरू प्रकाशित भइसकेका छन्।
गोर्खा कहाँबाट विश्व प्रसिद्ध हुन पुग्यो? आजभोलि सामाजिक सञ्जालतिर कसै-कसैले पुर्ख्यौली इतिहास नजानी ‘जय गोर्खा-वीर गोर्खा’ भनेर कुर्लेको देख्छु। कुर्लनुको आधार पनि हुनुपऱ्यो नि! त्यो आधारबारे उनीहरूलाई सोध्दा निरूत्तर हुन्छन्।
अब गोर्खा अर्थात् इतिहास तिर जाउँ। आजभन्दा २०० वर्षअघि सन् १८१४-१६ भारतलाई राज गर्ने तत्कालीन ‘इष्ट इण्डिया कम्पनी’ र नेपालबिच युद्व भयो। यो सन् १८१४-१६ को कुरा हो। यस युद्वलाई एङ्ग्लो नेपाल वार भनिन्छ। त्यस युद्वमा देहरादूनको नालापानीस्थित खलंगा किल्लामा नेपालको तर्फबाट बलभद्र कुँवरले लडेका थिए ६०० जति केटाकेटी, महिला अनि योद्वाहरूको साथमा वीरतापूर्वक। जुन इतिहासलाई आज पनि उतिकै प्रेमपूर्वक स्मरण गरिरहेका... पूरा स्टाेरी