काठमाडौंमा लौरो अभियानका स्वतन्त्र उम्मेदवारको घोषणा

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले काठमाडौंमा उम्मेदवारी घोषणा गरेको छ। अभियानले प्रतिनिधि सभाका लागि देशका विभिन्न जिल्लामा उम्मेदवारी घोषणा गरेको हो।

कार्यक्रम मार्फत विभिन्न जिल्लाका २१ स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको अभियानका प्रवक्ता हरि कार्कीले जानकारी दिए।

उनका अनुसार चार जना उम्मेदवार डाक्टर तथा चार जना उम्मेदवार इन्जिनियर हुन्। 

त्यस्तै महिला सत्याग्रही शिरीष गुरुङले पनि कास्की क्षेत्र नं.२ बाट लौरो चुनाव चिन्ह मार्फत चुनाव लड्ने घोषणा गरेकी छन्।

अध्यक्ष सुमान सायमीको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा अनन्तराज घिमिरे र भीम उपाध्यायलगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रकाशित मिति: : 2022-09-22 19:40:00

प्रतिकृया दिनुहोस्