स्थानीय निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिए

Symbolic photo
Symbolic photo

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिएका छन्। 

योसँगै जिल्लामा जम्मा एक लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन्। जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरुष मतदाता छन्।

प्रदेश सभा क तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरुष गरी जम्मा ६३ हजार ५७५ मतदाता छन्। त्यस्तै प्रदेश सभा ख तर्फ ३६ हजार ४१५ महिला र ३३ हजार ५७८ पुरुष गरी जम्मा ६९ हजार ९८४  मतदाता रहेका छन्।

प्रकाशित मिति: : 2022-09-21 15:47:00

प्रतिकृया दिनुहोस्