गोपालमान श्रेष्ठ कांग्रेसबाट समानुपातिक उम्मेदवार

कांग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई प्रतिनिधिसभामा समानुपातिक तर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ। 

स्याङ्जा क्षेत्र नं १ र २ बाट प्रतिनिधिसभामा उम्मेदवारको रुपमा नाम सिफारिस हुनुभएका श्रेष्ठलाई समानुपातिक तर्फ राख्ने तयारी भएको हो।

एक पदाधिकारीका अनुसार दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको छ।

सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा उठाइने ती पदाधिकारीले बताए। त्यसैगरी पूर्वउपसभापति विमलेन्द्र निधिको नाम पनि समानुपातिकमा समेटिने भएको छ।

कानुनबमोजिम प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।

जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना र सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन्। त्यसैका लागि दलहरुले सोमबारसम्म आ(आफ्नो दलका तर्फबाट आयोगमा उम्मेदवारको सूची दर्ता गर्न लागेका हुन्।
 

प्रकाशित मिति: : 2022-09-19 22:11:00

प्रतिकृया दिनुहोस्