वास्तविक सामाजिक सञ्जालको अन्त्य हुँदै

नयाँ पत्रिका दैनिक

ड्यारोन एसिमोग्लु

विश्वका करोडाैँ मानिस फोनमा झुन्डिएका मात्र छैनन्, यिनले उपभोग गर्ने सूचना नकारात्मक एवं नाटकीय ढंगले परिवर्तन भइरहेका छन् । फेसबुकजस्ता सामाजिक सञ्चारमाध्यममा मिथ्या सूचना सत्यभन्दा चाँडै फैलिन्छ भनेर विभिन्न अनुसन्धानले देखाइसकेको छ ।

उसो त प्रयोगकर्ताले मिथ्या सूचनाको माग गर्दैनन् तर प्रयोगकर्ताले के हेर्ने भनेर निर्धारण गर्ने अल्गोरिदमले सनसनीपूर्ण, त्रुटिपूर्ण र भ्रामक सूचनालाई प्रोत्साहन गर्छ, जसले प्रयोगकर्तालाई ‘व्यस्त’ बनाई विज्ञापनबाट धनोपार्जन गराउँछ । 

फेसबुकको अल्गोरिदमजनित छनोटलाई एकातिर राख्ने हो भने पनि बृहत् सामाजिक सञ्चारमाध्यम प्रणालीले पनि प्रयोगकर्तालाई आफ्ना स्वार्थ मिल्ने मानिसलाई जोडिदिन्छ । यसका सकारात्मक प्रभाव पनि छन् अर्थात् आफ्ना अध्ययनका विषयवस्तुमा तपाईं विश्वसँग जोडिन पुग्नुहुन्छ, तथापि घृणा फैलाउनेले पनि यही मौका पाउँछ ।

प्रकाशित मिति: : 2022-09-11 16:10:00

प्रतिकृया दिनुहोस्