युक्रेनलाई अहिलेसम्मकै ठूलो सफलता : रुसले खार्किभ माया मारेको हो कि रणनीतिक चाल ?

लोकान्तर

विन्देश दहाल

युक्रेनको पूर्वी भागमा रहेको खार्किभ क्षेत्रमा युक्रेनी सेनाले चलाएको प्रत्याक्रमण कारवाहीले सफलता पाइरहेको खबरहरू सार्वजनिक भएका छन् । 

गत साताबाट शुरू भएको प्रत्याक्रमणका कारण युक्रेनीहरूले रणनीतिक रूपमा महत्त्वपूर्ण इज्युम शहर नियन्त्रणमा लिन सफलता पाएको बताइएको छ । डोनबास क्षेत्रको प्रवेशद्वारका रूपमा इज्युमको आफ्नै महत्त्व छ । 

रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर इज्युम तथा बालाक्लेया क्षेत्रबाट आफ्ना सैनिकहरू हटाएर डोनेत्स्क क्षेत्रमा केन्द्रित गरिएको जनाएको छ । रुसी सैनिकहरू कुप्यान्स्कको दुईतिहाइ भागबाट समेत पछि हटिसकेको बताइएको छ ।

प्रकाशित मिति: : 2022-09-11 16:03:00

प्रतिकृया दिनुहोस्