सपनाको अस्तु

सेतोपाटी

रुपसिंह भण्डारी

सपना हुनु जीवनका पीडाका एण्टिबायोटिक हुनु हो। राजेशले जागिरको अनेकौं जोखाना हेर्दै, पार्टीका झन्डा फेर्दै, जिन्दावाद र मुर्दावाद गर्दै कयौं स्थानीय नेतालाई अबिर माला पहिरायो आफ्नो उमेर ओछ्याएर स्वागत गर्यो। 

समयको धुँवा बनाएर पुज्यो हरेकलाई। विवाह उसको सानैमा भयो, सपना थियो सफलतापछि मन परेकी राधालाई भित्र्याउने तर सपना समयले ताछ्यो तर उस्का आदर्शहरू झन् तिखारिँदै गए,अग्लिँदै गए आँगनको बासझैं राजनीतिका तरंगित भाषण सुन्दा ऊ जोडले ताली बजाउथ्यो। उसका मैला हातका तालीको गुन्जायमानमा अगाडि नेता झन् उत्तेजित हुँदै मुठी उचाल्थे आफ्ना सुकिला सपना पूरा गर्न  देश कायापलट बनाउने काइदाका सपनाहरू छरेर टाप ठोक्थे, हार्ने पनि जित्ने पनि, जुवाको खालमा जुवाडेहरूले तास छोडेझैं।

प्रकाशित मिति: : 2022-09-10 17:31:00

प्रतिकृया दिनुहोस्