गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण रुपन्देहीका दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्य पदको लागि उम्मेदवारमा सिफारिस भएका छन्।
रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ र ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि मन्त्री खाणको नाम सिफारिस भएको नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ। उनी ४ पटक सांसद, ३ पटक मन्त्री र १ पटक राज्यमन्त्री बनिसकेका छन्।
यसअघि ३ पटक प्रत्यक्ष र १ पटक समानुपातिक प्रणालीबाट प्रतिनिधी सभा र संबिधान सभा सदस्य बनेका मन्त्री खाण ३ पटक पार्टीको केन्द्रिय सदस्य, नेपाल तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष तथा नेपाल बिद्यार्थीका संघका पनि पुर्व केन्द्रिय अध्यक्ष हुन्।