अपडेट: पाल्पा –बुटवल सडक आज दिनभर नै अवरुद्ध (फोटो फिचर)

पहिरोले हिजो देखि अवरुद्ध सिद्वार्थ राजमार्ग अन्तर्गत पाल्पा – बुटवल सडक आज दिनभर नै अवरुद्ध हुने भएको छ। 

पाल्पा – बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका ५ हिउँदे खोलामा सडक भासिदा हिजो राति १० बजेबाट राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको हो।सडकको निसान नै नरहने गरि सडक तलैबाट भासिएको छ। सडक सुचारु गर्न दुई वटा डोजर प्रयोग गरि भित्ता कटान गरि सडक सञ्चालनमा ल्याउने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।

कटान भईरहेको भित्ताबाट लेदो सहिको पहिरो निरन्तर खसीरहेकोले नयाँ ट्रयाक खोल्न ढिलाई भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए।

अहिले पहिरो हटाउने काम तिव्र गतिमा भईरहेकोले ढिलोमा दिउँसो ४ बजे सम्ममा सडक एक तर्फी सञ्चालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।

हिजोबाट अवरुद्ध भकएको सडक यो समाचार तयार पर्दा सम्म पनि सुचारु हुन नसक्दा संयौं यात्रु र सवारी बिच बाटोमै अलपत्र परेका छन।निरन्तर भईरहेको वर्षाका कारण सडक सुचारु गर्न समस्या भए पछि यात्रु बिच बाटोमै रोकिनु परेको छ। कमजोर भु–धरातल भएको चुरे भु–भागमा पर्ने यस सडक खण्डमा वर्षायाममा सधै पहिरो खस्ने समस्या हुँदा यात्रुले सास्ती भोग्नु परेको छ।

प्रकाशित मिति: : 2022-09-02 13:01:00

प्रतिकृया दिनुहोस्