सुनिल कार्की
नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खानलले बामपन्थी एकता तत्काल सम्भव नभएको बताएका छन्।
सोमबार पाल्पामा आयोजित एक कार्यक्रममा बोल्दै उनले बामपन्थी एकता आवश्यक भएपनि तत्काल सम्भव नभएको बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धनले निरन्तरता पाउने जिकिर गरेका थिए।
मंसिर ४ को निर्वाचन अगाडि माओवादीसँग पाटी एकता हुने चर्चा चलेको बताउँदै उनले भने, मिल्ने कुरा तत्काल सम्भव छैन।
माओवादी केन्द्रसँग निकटता रहेको उल्लेख गर्दै उनले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनिक कार्यदिशा एउटै नभई तत्काल बाम एकता हुन नसक्ने बताए।
नेकपा एसमा प्रवेश गरेका नेता तथा कार्यक्रतालाई स्वागत गर्न उनी पाल्पा पुगेबम थिए। उक्त कार्यक्रममा तानसेन नगरपालिकाका निर्वतमान मेयर उपमेयर सहित पूर्व जनप्रतिनिधिहरु पार्टीमा प्रवेश गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया