नेपाली श्रमिकको लागि खुल्यो नयाँ अवसर, शून्य लागतमा मलेसिया जान पाउने 

मलेसियन कम्पनी माई टेक र एसेम्बली एसडिएन बिएसडीले शून्य लागतमा नेपाली श्रमिकलाई मलेसिया लैजाने भएको छ। 

बिहिबार होटल रेडिसनमा एक कार्यक्रम गर्दै कम्पनीले ह्वाइट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरले शून्य लागतमा हजार जना नेपाली श्रमिक पठाउने भएको हो। 

पहिलो चरणमा १००० श्रमिक मलेसिया लगिनेछ भने दोस्रो चरणमा थप १००० जना श्रमिक लगिने ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रालिका सिईओ राजन श्रेष्ठले जानकारी दिए।

मलेसिया जाने २००० नेपाली श्रमिकको सम्पूर्ण खर्च माई टेक र एसेम्ब्ली एसडिएन बिएसडी मलेसियाले व्यर्होने छ।

ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रालीका सिइओ राजन श्रेष्ठ र माई टेक ए एसेम्बली एसडिएन बिएसडी मलेसियाका एच आर निर्देशकबीच हस्ताक्षर गरी दिपक्षिय सम्झौता भएको हो।

वैदेशिक रोजगारका लागि शून्य लागतमा जाने अवसर भने पुरुषहरुका लागि मात्र खुल्ला गरिएको हो। 

प्रकाशित मिति: : 2022-08-18 20:18:00

प्रतिकृया दिनुहोस्