जनमत विभाजित गरेर नागरिकता विधेयक पास गर्नु हुँदैन : एमाले

File Photo
File Photo

प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ।

उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाँणले पेस गरेको प्रस्तावलाई जारी बैठकमा बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो।

छलफलमा भाग लिँदै एमालेले नागरिकताजस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ। एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित गर्नेगरी काम नगर्न सरकारलाई सुझाव दिए।

उनले विधेयक फिर्ता पठाउने क्रममा राष्ट्रपतिबाट उठाइएका प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिए।

सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न नहुने बताउँदै उनले यसरी पारित गरिँदा परिणाम राम्रो नहुने भन्दै सचेत गराए। जसकारण राष्ट्रपतिले दिएको नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउने अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड छ।

प्रकाशित मिति: : 2022-08-18 13:19:00

प्रतिकृया दिनुहोस्