०८० भित्र ४९ अर्बका १७ पाँचतारे होटेल थपिँदै

गैरआवासीय नेपाली रामेश्वर शाहले डेढ वर्षअघि सौराहामा साधारण बुटिक रिसोर्ट निर्माण सुरु गरेका थिए । तर, काम गर्दै जाँदा बीचमै पाँचतारे रिसोर्ट सञ्चालन गर्ने सोच बन्यो । चितवनमा एउटै पाँचतारे छैन ।

एउटै प्रकृतिका होटेल चलिरहेका र खुल्ने गरेको चितवनमा उनले पाँचतारे रिसोर्टमा भविष्य देखे । अहिले ६४ कोठाको पाँचतारे रिसोर्ट निर्माण भइरहेको छ, जुन ‘रोयल टुलिप’ रिसोर्टको नामबाट सञ्चालन हुनेछ ।

भूकम्प, नाकाबन्दी र कोभिड महामारी नभएको भए काठमाडौंको कान्तिपथमा अहिलेसम्म पाँचतारे होटेल सेराटन सञ्चालनमा आइसकेको हुन्थ्यो । गैरआवासीय नेपाली शेष घलेको लगानी रहेको दुई सय २५ कोठाको सेराटन सन् २०१८ को फेब्रुअरीमै सञ्चालन गर्ने लक्ष्य थियो ।

अब यो होटेल सन् २०२३ भित्र सञ्चालनमा ल्याउने तयारीसाथ काम भइरहेको छ । शंकर समूहले नक्सालमा निर्माण गरिरहेको एक सय ७४ कोठाको पाँचतारे हिल्टन होटेल पनि आगामी वर्षभित्र सञ्चालनमा ल्याइसक्ने ‘डेडलाइन’ छ ।

प्रकाशित मिति: : 2022-08-13 12:03:00

प्रतिकृया दिनुहोस्